बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल–भारत सम्बन्ध विकास कूटनीतिमा केन्द्रित हुनुपर्छ: रवि लामिछाने


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २०, २०८३
  • 124
    SHARES

काठमाडौँ-   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँगको भेटवार्ता फलदायी रहेको बताएका छन्।

प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो भेटवार्तापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामिछानेले नेपाल र भारतले विगतका सीमितताभन्दा माथि उठेर विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका हुन्।

 

उनले प्रधानमन्त्री मोदीको नेपाल–भारत सम्बन्धबारेको दृष्टिकोणप्रति सहमति जनाउँदै साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोर तथा सहज आवागमन र कनेक्टिभिटीलाई प्राथमिकतामा राखेर दुवै देशबीचको सहकार्यलाई थप मजबुत बनाउन सकिने उल्लेख गरेका छन्।

लामिछानेले नेपाल र भारतबीचको साझेदारी पारस्परिक विश्वास, प्रगति र साझा समृद्धिमा आधारित हुनुपर्नेमा जोड दिँदै रास्वपा दुवै देशका नागरिकको हितका लागि यस्ता सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न प्रतिबद्ध रहेको बताएका छन्।

उनले नेपाल र भारतबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन विकास, प्रविधि र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)