बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

समृद्धिको साझा आधार तयार गर्नु मुख्य उदेश्य: सभापति लामिछाने


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ २२, २०८३
  • 91
    SHARES

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठेर नेपालका विकास र समृद्धिसम्बन्धी विषयलाई केन्द्रमा राखेर भएको बताउनु भएको छ।

 

 

नयाँ दिल्लीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाललाई आर्थिक तथा विकासको नयाँ चरणतर्फ अघि बढाउने उद्देश्यसहित विभिन्न तहमा संवाद र सहकार्यको वातावरण निर्माण गर्न आफू भारत आएको बताउनु भयो ।

नेपालले लामो समयदेखि समृद्धिको लक्ष्य बोके पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उल्लेख गर्दै अब क्षेत्रीय सहकार्य र अनुभव आदानप्रदानमार्फत विकासको गतिलाई तीव्र बनाउने आवश्यकता रहेको रास्वपा लामिछानेले बताउनु भयो।

पछिल्ला वर्षहरूमा भारतले हासिल गरेको विकास अनुभवबाट पनि नेपालले सिक्ने बताउनु भयो।

सभापति लामिछानेले आफ्नो भ्रमणको उद्देश्य विभिन्न कूटनीतिक तथा संस्थागत संयन्त्रहरूसँग संवाद बढाउँदै आर्थिक विकास र समृद्धिको साझा आधार तयार गर्नु रहेको बताउनु भयो।

आफ्नो भारत भ्रमण कुनै व्यक्तिगत माग वा पार्टीगत स्वार्थ नरहेको उल्लेख गर्दै नेपाल र नेपालीको हितलाई केन्द्रमा राखेको बताउनु भयो।रास्वपा नेतृत्वको सरकार प्रारम्भिक चरणमै रहेकाले धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै राजनीतिक भागबन्डाको अभ्यासलाई अन्त्य गरी परिणाममुखी शासन व्यवस्थातर्फ अघि बढ्ने प्रतिबद्धता पनि उहाँले उल्लेेख गर्नु भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)