बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २७, २०८३
  • 104
    SHARES

काठमाडाैँ –  प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि तय गरिएको बैठक निर्धारित समयमा सुरु हुन नसकी अनिश्चित बनेको छ। बैठक सुरु हुने प्रतीक्षामा रहेका सांसदहरूलाई दुई घण्टासम्म पनि कुनै प्रगति नदेखिएपछि अन्ततः आजै दिउँसो २ बजेका लागि सारिएको हो।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले समय परिवर्तनसम्बन्धी सूचना जारी गर्दै विशेष कारणवश बैठक तोकिएको समयमा बस्न नसकेको जानकारी दिएका छन्।

 

सूचनाअनुसार प्रतिनिधि सभा को बैठक संघीय संसद् नियमावली २०८३ को नियम ६ को उपनियम २ अनुसार सभामुखको निर्देशनमा आजै दिउँसो २ बजे बस्ने गरी पुनः निर्धारण गरिएको हो।

निर्धारित समयमा बैठक नबस्दा संसद् गतिविधि केही समय प्रभावित भए पनि नयाँ समय तोकिएपछि कार्यसूची अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)