शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रविलाई गगनको पत्र: महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्ने अपेक्षा


  • माउन्टेन खबर
  • आइतवार, असार ७, २०८३
  • 95
    SHARES

काठमाडौं- नेपाली कांग्रेसका गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभापति रवि लामिछानेलाई शुभकामना दिएका छन्।

 

 

आइतबारदेखि पहिलो महाधिवेशन गर्न लागेको रास्वपालाई कांग्रेस सभापति थापाले फेसबुकमार्फत शुभकामना दिएका हुन्।

सभापति थापाले रास्वपा स्थापनाको छोटो अवधीमै रास्वपाले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको बताएका छन्।

‘तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ,’ सभापति थापाले लेखेका छन्।

उनले  रास्वपाको यो महाधिवेशन विचार, संगठन र नीतिका दृष्टिले अझै परिपक्व, जिम्मेवार र दुरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर रहेको बताए।

‘यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु,’ सभापति थापाले लेखेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)