आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा


  • माउन्टेन खबर
  • शनिबार, साउन ९, २०८३
  • 49
    SHARES

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिनुभएको छ ।

 

कर्णाली प्रदेशको दोस्रो कार्यकालको आठौँ अधिवेशनको आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिनुभएको हो । मुख्यमन्त्री कँडेल विरुद्ध गत असार ३२ गते प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि आज दिउँसो ३ः०० बजे प्रदेशसभा बैठक बोलाइएको थियो ।

उक्त अविश्वासको प्रस्तावमाथि मतदान हुन अघि नै कँडेलले राजीनामा दिएपछि अब नयाँ सरकार गठन प्रक्रिया अगाडि बढेको छ । गत असार ३२ गते नेपाली कांग्रेस र नेकपाका गरी १६ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)