बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको सत्तारुढ दलकै सांसदको टिप्पणी


  • माउन्टेन खबर
  • बिहिबार, साउन १४, २०८३
  • 34
    SHARES

काठमाडाैँ –  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धिप्रसाद पन्तले सरकारको कार्यसम्पादनप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बैठकलाई सम्बोधन गर्दै सांसद पन्तले जनआन्दोलनको जग र परिवर्तनको नारासहित गठन भएको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले सरकारमा सहभागी दलकै सांसद भएर पनि आफूले परिवर्तनको कुनै ठोस अनुभूति गर्न नसकेको बताउनु भयो । सांसद पन्तले अस्पतालमा चिकित्सकमाथि भएको हातपात र देशभरका स्वास्थ्यकर्मी आन्दोलित हुँदा सर्वसाधारणले उपचार नपाएको विषयमा संसद्को ध्यानाकर्षण गराउनु भयो ।

गत शनिवार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको थियो । सो क्रममा चिकित्सकमाथि हातपात भएको र त्यसको विरोधमा देशभरका चिकित्सकहरू आन्दोलित भएका छन्। सांसद पन्तले उक्त घटनाको सूक्ष्म अध्ययन गरी दोषीलाई कानुनी कारबाही गर्न र निर्दोष व्यक्ति पक्राउ परेका भए तत्काल रिहा गर्न माग गर्नुभयो ।

सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उहाँले भन्नुभयो, ‘परिवर्तनको नारामा बनेको यो सरकारमा स्वयम् मैले त परिवर्तन महशुस गर्न पाएको छैन भने आम जनताले कसरी परिवर्तनको अनुभूति गर्न पाउनु ?’

सांसद पन्तले सरकारले जनचाहनाअनुसार आफ्नो कार्यशैलीमा सुधार ल्याउनुपर्नेमा जोड दिँदै वर्तमान अवस्थाप्रति प्रश्न उठाउनुभएको हो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)