शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता


  • माउन्टेन खबर
  • शुक्रबार, साउन १५, २०८३
  • 49
    SHARES

काठमाडौं –  पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा गएको हिमपहिरोपछि नेपालीमूलका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोलीसँग सम्पर्क टुटेको छ।

पाकिस्तानी पर्वतारोहण निकायका अनुसार बिहीबार हिमालको माथिल्लो क्षेत्रमा हिमपहिरो खसेपछि टोलीसँग सम्पर्क हुन नसकेको हो। टोलीमा नेपालसहित अमेरिका, चीन र ओमानका आरोही सहभागी रहेको जनाइएको छ।

उद्धार अधिकारीहरूले मौसममा सुधार आएपछि हेलिकोप्टरमार्फत खोज तथा उद्धार अभियान सञ्चालन गर्ने तयारी गरेका छन्। पाकिस्तानको अल्पाइन क्लबले सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गर्दै खोज अभियान तीव्र बनाइएको र आवश्यक जनशक्ति तथा स्रोत परिचालन गरिएको जनाएको छ।

निर्मल पुर्जा विश्व पर्वतारोहण क्षेत्रमा चर्चित नाम हुन्। उनले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल अत्यन्त छोटो अवधिमा आरोहण गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेका थिए।

विश्वको १२औँ अग्लो हिमाल मानिने ब्रड पिक कठिन भू–बनोट, प्रतिकूल मौसम र हिमपहिरोको उच्च जोखिमका कारण आरोहीहरूका लागि चुनौतीपूर्ण गन्तव्यका रूपमा परिचित छ। सम्पर्कविहीन टोलीको अवस्थाबारे थप जानकारी आउन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)