शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप


  • माउन्टेन खबर
  • बिहिबार, साउन १४, २०८३
  • 44
    SHARES

काठमाडौं –  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले तराई–मधेससहित पूर्वी नेपालका केही जिल्लामा पछिल्लो समय विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सांसद झाले सुरक्षा संवेदनशीलता र सामाजिक सद्भाव कायम गर्न राज्यको सक्रियता पर्याप्त नदेखिएको बताउनुभयो ।

उहाँका अनुसार मधेस प्रदेशका करिब २० जना सांसदले पार्टी सभापति रवि लामिछानेसँग भेट गरी सो क्षेत्रको पछिल्लो सुरक्षा अवस्थाबारे विशेष छलफल गरेका छन् । धनुषामा ओमप्रकाशको मृत्यु र त्यसपछि उत्पन्न परिस्थितिप्रति लक्षित गर्दै झाले राज्यको सक्रियता र तदारुकतामा कमजोरी देखिएको टिप्पणी गर्नुभयो ।

पीडित परिवारले हालसम्म शव बुझ्न नसकेको, परिवारलाई सान्त्वना दिन नसकिएको र उचित क्षतिपूर्तिको व्यवस्था नभएको भन्दै उहाँले गृह प्रशासनको ध्यानाकर्षण गराउनुभयो ।

सांसद झाले जनकपुरजस्तो प्रमुख शहरमा समेत सुरक्षा अवस्था कमजोर देखिएको बताउँदै पसल तथा बजार बन्द हुनु र विभिन्न चोकमा टायर बालेर प्रदर्शन हुनु दुःखद् भएको उल्लेख गर्नुभयो ।

उहाँले नेपाली समाजको ऐतिहासिक धार्मिक तथा सामाजिक सहिष्णुतालाई कमजोर पार्ने कुनै पनि प्रवृत्तिप्रति सचेत रहन सबै पक्षलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)