बुधबार, साउन २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको माग


  • माउन्टेन खबर
  • मङ्लबार, साउन २६, २०८३
  • 62
    SHARES

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग क्षतिपूर्तिको माग गर्दै भविष्यमा हुने जुनसुकै वार्तामा यस विषयलाई समावेश गर्न आफ्ना प्रतिनिधिहरूलाई निर्देशन दिनुभएको छ ।

सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’मा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले विगत पाँच महिनाको सैन्य द्वन्द्वका क्रममा भएको क्षतिको बदलामा इरानले क्षतिपूर्ति मागिरहेको उल्लेख गर्दै आफूले पनि इरानसँग क्षतिपूर्तिको माग गरेको बताउनुभएको हो । इरानी पक्षको मागलाई रोचक विचारको संज्ञा दिँदै ट्रम्पले सडक किनारमा गरिने बम विष्फोट र विभिन्न द्वन्द्वहरूमा परी मारिएका तथा गम्भीर घाइते भएका अमेरिकी नागरिकका लागि इरानले क्षतिपूर्ति तिर्नुपर्ने दाबी गर्नुभयो ।

ट्रम्पले भन्नुभयो, ‘उनीहरूले युद्धमा भएको क्षतिको क्षतिपूर्ति मागिरहेका छन् । मैले यसलाई राम्रो विचार भन्दै विगत ५० वर्षमा उनीहरूका कारण भएको क्षतिको बदलामा पैसा माग्ने बताएको छु । यू.एस.एस. कोल (ग्क्क् ऋयभि) आक्रमण होस् वा अन्य द्वन्द्व, जसमा हजारौँ मानिसहरू मारिएका वा नराम्ररी घाइते भएका छन्, त्यसको हिसाब हुनुपर्छ ।’

अर्को एक सन्देशमा ट्रम्पले लेबनान, सिरिया, यमन र गाजाका जनताले भोगेको क्षति र मृत्युका लागि समेत इरान नै जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभयो ।यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोलगाद्रले संयुक्त राज्य अमेरिकाले आफ्नो व्यवहारमा सुधार नगरेसम्म रणनीतिक महत्वको होर्मुज जलडमरुमध्य नखोलिने बताएका छन् ।

इरानी सञ्चारमाध्यमकाअनुसार जोलगाद्रले उक्त जलमार्ग पुनः सञ्चालनका लागि अमेरिकाले केही सर्तहरू पूरा गर्नुपर्ने बताएका छन् । जसमा इरान र यसका क्षेत्रीय सहयोगीहरू विरुद्धको युद्ध स्थायी रूपमा अन्त्य गर्नुपर्ने, इरानमाथिका धम्कीहरू बन्द गर्नुपर्ने, इरानी बन्दरगाहहरूको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, युद्धको क्षतिपूर्ति दिनुपर्ने र इरानमाथि लगाइएका प्रतिवन्धहरू हटाउँदै रोक्का गरिएका सम्पतीहरू बिना सर्त फुकुवा गर्नुपर्ने मागहरू रहेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)