बुधबार, साउन २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इरानको नाकाबन्दी उल्लंघन गरेको आरोपमा अमेरिकी सेनाद्वारा पानामाको मालवाहक जहाजमाथि कारबाही


  • माउन्टेन खबर
  • बुधबार, साउन २७, २०८३
  • 29
    SHARES

काठमाडौँ- अमेरिकी केन्द्रिय कमान्ड (सेन्टकम) ले इरानका बन्दरगाहहरूमा लगाइएको नाकाबन्दी उल्लंघन गर्न खोजेको भन्दै पानामाको झण्डावाहक एक मालवाहक जहाजको स्टेयरिङ प्रणालीलाई निष्क्रिय पारिदिएको छ ।

सेन्टकमले मंगलवार जारी गरेको विज्ञप्ति अनुसार, ‘एम–भी भेला नोभा’ नामक उक्त मालवाहक जहाज ओमानको खाडी हुँदै इरानी बन्दरगाहतर्फ जान खोजेपछि सो कारबाही गरिएको हो ।

अमेरिकी नौसेनाको एमएच–६० हेलिकप्टरले जहाजको इन्जिन कक्षलाई लक्षित गरी दुईवटा मिसाइल प्रहार गरेको कमान्डले जनाएको छ ।

सामुन्द्रिक सुरक्षासम्बन्धी कम्पनी भ्यानगार्डले आफ्नो प्रारम्भिक प्रतिवेदनमा मिसाइल प्रहारका कारण जहाजमा आगलागी भएको र पछि उक्त आगोलाई नियन्त्रणमा लिइएको उल्लेख गरेको छ ।

सेन्टकमकाअनुसार अगस्ट ११ सम्मको तथ्यांक हेर्दा अमेरिकी सेनाले नाकाबन्दी तोड्न खोज्ने ५५ वटा व्यापारिक जहाजहरूको मार्ग परिवर्तन गराएको छ ।

त्यस्तै, आदेश पालना नगर्ने तीनवटा जहाजलाई निष्क्रिय बनाइएको र दुईवटा जहाजमा सैनिकहरू प्रवेश गरी खानतलासी गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)