बुधबार, भदौ ३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमतिमा राप्रपाले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने


  • माउन्टेन खबर
  • बुधबार, भदौ ३, २०८३
  • 42
    SHARES

काठमाडौँ – बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमालेका किरण थापामगरले दाबी पेस गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार गठनमा समर्थन गर्ने सहमति जनाएसँगै थापाले बुधबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि थापाले ६३ सांसदको समर्थन जुटाएका छन्। उनको पक्षमा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसद गरी ६३ सांसदको समर्थन रहेको जनाइएको छ।
मुख्यमन्त्रीमा दाबी पेस गर्दा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा नेता उद्धव थापा तथा नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समर्थनपत्रमा हस्ताक्षर गरेका छन्।

यसअघि राप्रपाले प्रदेश सरकार गठनमा सहभागी नहुने बताउँदै आएको थियो। तर, सरकार गठनका विषयमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिइएको थियो। अन्ततः राप्रपाले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेपछि थापाको मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।

अब प्रदेश प्रमुखले संविधानअनुसार थापाको दाबी र समर्थनको आधार अध्ययन गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)