शनिबार, भदौ ६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोषको कार्यकारी निर्देशकमा कार्की


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ ५, २०८३
  • 33
    SHARES

काठमाडौं –  नेपाल सरकार, मन्त्रिपरिषद्ले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ ।

उदयपुरका स्थाई बासिन्दा कार्कीलाई २०८३।०५।०३ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

 

 

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत हुनु भएको कार्की यसअघि पनि कोषको कार्यकारी निर्देशक हुनुहुन्थ्यो । उहाँ २०८० माघ ३ गते कोषको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनोट हुनु भएको थियो ।

राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामिण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकोको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा काम गरेको अनुभव उहाँसँग छ । कार्कीले अष्टे«लियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एम.बि.एफ) गर्नु भएको छ भने त्रिभुवन विश्वविद्यालयबाट व्यववस्थापनमा स्नाकतोत्तर गर्नु भएको छ । उहाँले केन्द्रीय बैकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायतका विषयमा अन्तर्राष्ट्रिय तालिमसमेत प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)