शुक्रबार, भदौ ५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री शाह पारिवारिक भ्रमणका लागि अन्नपूर्ण इको भिलेज रिसोर्टमा


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ ५, २०८३
  • 50
    SHARES

लेखनाथ- प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार दिउँसो स्थलमार्ग हुँदै कास्की आइपुग्नु भएको छ । पोखरा हुँदै उहाँ कास्कीको माछापुच्छ्रे –६  अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज रिसोर्ट पुग्नुभएको हो ।

 

 

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले प्रधानमन्त्रीको शुक्रबारको बसाइ इको भिलेजमै हुने जानकारी दिनुभयो । “उहाँ कास्की आइपुग्नु भएको छ । निजी भ्रमणमा आउनुभएको हो । आजको बास अस्ताममै हुन्छ ।” प्रधानमन्त्री शाह दुई बजेर ५५ मिनेट जाँदा रिसोर्ट पुग्नु भएको हो ।

प्रधानमन्त्री शाह सहितको टोलीका लागि रिसोर्टका सबै कोठा बुक गरिएको छ । अन्नपूर्ण इको भिलेज पोखरा–बागलुङ राजमार्गको उत्तरतिर अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ मा पर्छ । त्यहाँबाट अन्नपूर्ण, धौलागिरि, मनास्लु लगायतका हिम हिमशृङ्खला र पोखरा महानगरको हेम्ज क्षेत्र देखिन्छ ।

डाँडाकाँडा, जङ्गल र गाउँ भएको यो क्षेत्र छोटो पदयात्रामा जानेहरुको रोजाइमा पनि पर्छ । प्रधानमन्त्री शाहको टोली शनिवार मुस्ताङ जाने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)