शनिबार, भदौ ६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु


  • माउन्टेन खबर
  • शनिबार, भदौ ६, २०८३
  • 43
    SHARES

काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको ‘नीति, सङ्गठन र नेतृत्व’सम्बन्धी दुईदिने कार्यशाला यहाँ  सुरु भएको छ ।

 

 

‘रास्वपा कार्यशाला–नीति, सङ्गठन र नेतृत्व, शृङ्खला–१’ नाम दिइएको कार्यशालामा पार्टीको नीति, सङ्गठन सुदृढीकरण, नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रास्वपाका सङ्गठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिनुभयो ।

आज ‘नेपालको चित्र, हामी कहाँ छौँ?’ शीर्षकमा अनिल चित्रकारले देशको वर्तमान र अवस्था तथा उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको प्रस्तावना, सामाजिक लोकतन्त्र र त्यसका आधारबारे प्रस्तुति दिनुहुनेछ ।

महामन्त्री विपिनकुमार आचार्यले पार्टीका आधारभूत मूल्य–मान्यता तथा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा, पूर्वसचिव सुरेन्द्र अर्यालले बजेट निर्माणको वैज्ञानिक प्रक्रिया तथा उपसभापति सोविता गौतमले पार्टी र सरकारबिचको अन्तरसम्बन्ध, समस्या र समाधानका उपायबारे प्रस्तुति दिनुहुने कार्यक्रम छ ।

कार्यशालाको दोस्रो दिन निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको सङ्गठनात्मक संरचना, त्यसको सुदृढीकरण र केन्द्रीय सदस्यहरूको भूमिका तथा सङ्गठन विभाग प्रमुख न्यौपानेले ‘मिडिया र सोसल मिडियाः कसरी प्रयोग गर्ने?’ मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)