मङ्लबार, भदौ १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अगस्ट २०२६ मा भित्रिए ८५ हजार ४४४ विदेशी पर्यटक


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ १६, २०८३
  • 56
    SHARES

काठमाडौं । सन् २०२६ को अगस्ट महिनामा नेपालमा ८५ हजार ४४४ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिएका छन्। सन् २०२५ को अगस्टमा नेपालमा ८८ हजार ६८० जना अन्तर्राष्ट्रिय पर्यटक आएका थिए ।

 

 

 

 

नेपाल पर्यटन बोर्डले अध्यागमन विभागबाट प्राप्त तथ्यांक अनुसार अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट २६ हजार ३७३ जना आएका छन् । यो कुल पर्यटक आगमनको ३०.८७ प्रतिशत हो । भारतपछि चीनबाट १० हजार ३०४ जना पर्यटक आएका छन् । चीनको आगमन गत वर्षको अगस्टको तुलनामा ७ हजार ५३३ को तुलनामा ३६.७८ प्रतिशत बढेको छ । त्यस्तै, श्रीलंकाबाट ८ हजार ७१० जना आएका छन्, जुन गत वर्षको तुलनामा ४६.२४ प्रतिशत वृद्धि हो।

अमेरिकी बजारबाट ६ हजार २९३ जना पर्यटक आएका छन् । बंगलादेशबाट ४ हजार ४८७ जना आएका छन् भने बेलायतबाट ३ हजार ४७६ जना पर्यटक आएका छन् ।

क्षेत्रगत रूपमा हेर्दा अगस्टमा सबैभन्दा बढी पर्यटक दक्षिण एसियाबाट ४१ हजार ४२२ जना आएका छन् । अन्य एसियाली मुलुकबाट १८ हजार २७५ जना आएका छन् । युरोपबाट १० हजार ८७५ जना पर्यटक आएका छन् भने ओसियानिया क्षेत्रबाट २ हजार ५२९ जना आएका छन्, जुन ३.८६ प्रतिशत वृद्धि हो ।

अमेरिकाबाट ७ हजार ४७३ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा २.४७ प्रतिशत बढी हो । मध्यपूर्वबाट १ हजार १० जना आएका छन् भने यो क्षेत्रमा ६.९९ प्रतिशत वृद्धि भएको छ । अफ्रिकाबाट ३३८ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा ४.९७ प्रतिशत बढी हो।

अगस्ट २०२६ मा केही प्रमुख बजारबाट उल्लेख्य वृद्धि भएको छ । रुसबाट ७६९ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा ५१.३८ प्रतिशत वृद्धि हो । युक्रेनबाट २१६ जना आएका छन्, जसमा ८३.०५ प्रतिशत वृद्धि भएको छ । त्यस्तै, कम्बोडियाबाट ६८ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा २७७.७८ प्रतिशत वृद्धि हो । भुटानबाट १ हजार २८८ जना आएका छन् भने आगमन ४९.२५ प्रतिशत बढेको छ । मलेसियाबाट १ हजार ६१८ जना र थाइल्यान्डबाट ६८१ जना पर्यटक आएका छन्। यी बजारबाट क्रमशः १३.०७ प्रतिशत र १९.८९ प्रतिशत वृद्धि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)