बुधबार, भदौ १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाढी पीडितलाई तुदीँ कन्स्ट्रक्सनको १ करोड ६२ लाख रुपैयाँ सहयोग


  • माउन्टेन खबर
  • बुधबार, भदौ १७, २०८३
  • 83
    SHARES

काठमाडौँ-  तुदीँ कन्स्ट्रक्सनले रसुवा बाढी पीडितका लागि १ करोड ६२ लाख रुपैयाँ सहयोग गरेको छ ।

रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तुदीँ कन्स्ट्रक्सनले १ करोड ६२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

 

 

प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लाहरूमा मानवीय तथा भौतिक क्षति तथा नागरिकको दैनिक जीवन प्रभावित भइरहेको वर्तमान अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले तुदीँ कन्स्ट्रक्सनले सो कोषमा रकम सहयोग गरेको जनाएको छ ।

तुदीँ कन्स्ट्रक्सनका अध्यक्ष ऋषि सुवेदीले आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सो चेक हस्तान्तरण गर्नुभयो।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)