आइतवार, भदौ २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा


  • माउन्टेन खबर
  • आइतवार, भदौ २१, २०८३
  • 34
    SHARES

काठमाडौं –  नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘ए’अन्तर्गत आज सम्पन्न खेलमा साउदी अरेबियालाई ५ विकेटले हराउँदै नेपाल एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको हो । साउदी अरेबियाले दिएको एक सय ९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि गुलशनकुमार झाले अविजित ४४, ईशान पाण्डेले ४४, देव खनालले ३९, रोहितकुमार पौडेलले अविजित २४, आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन बनाए । बलिङतर्फ साउदी अरेबियाका लागि इश्ताक अहमद र मुहम्मद आतिफले दुई दुई विकेट लिए । त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको साउदी अरेबियाले ४९.२ ओभरमा सवै विकेट गुमाएर एक सय ९० रन बनायो ।

साउदी अरेबियाका लागि अब्दुल वाहीदले ८९ बलमा १० चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ७७ रन बनाए । यस्तै मुहम्मद आतिफले ३० र मोहम्मद हिशाम शेखले २८ रन बनाए । बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन तीन, ललितनारायण राजवंशीले दुई तथा गुलशनकुमार झा र शेर मल्लले एक एक विकेट लिए ।

जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेट तथा दोस्रो खेलमा आयोजक मलेसियालाई छ विकेटको पराजित गरेको थियो । नेपालले अब समूह चरणको अन्तिम खेल मङ्गलबार हङकङसँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)