सोमवार, भदौ १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालसंग बहराइन ७ विकेटले पराजित


  • माउन्टेन खबर
  • सोमवार, भदौ १५, २०८३
  • 41
    SHARES

काठमाडौँ –  तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले शानदार शुरूआत गरेको छ । मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा सोमबार भएको पहिलो खेलमा नेपालले बहराइनमाथि ७ विकेटको जित हासिल गरेको हो ।

 

 

८८ रनको झिनो चुनौती नेपालले २१ ओभरमै ३ विकेटको क्षतिमा पूरा गरेको हो ।  नेपालका लागि ओपनिङ ब्याट्सम्यान अर्जुन कुमालले ५८ बलमा अविजित रहँदै ३६ रन बनाए ।

आशिफ शेखले २५ बलमा १८ तथा निवर्तमान कप्तान रोहितकुमार पौडेलले १ छक्का र १ चौकाको मद्धतले १४ बलमा अविजित रहँदै १९ रन जोडे । देव खनालले १० तथा डा ईशान पाण्डेले १ रनमात्र जोड्न सके ।

यसअघि पहिले ब्याटिङ गरेको बहराइनले ३६ ओभर २ बलमात्र क्रिजमा टिकेर ८७ रनमात्र बनाउन सक्यो । फियाज अहमदले सर्वाधिक १५ रन बनाएको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा कप्तान सन्दीप लामिछानेले १४ रन खर्चेर छ विकेट लिए । त्यस्तै ललितनारायण राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए ।

एकदिवसीय क्रिकेटको इतिहासमा नेपालले पहिलोपटक बहराइनविरुद्ध प्रतिस्पर्धा गरेको हो ।

जारी प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूह बनाएर खेलाइएको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

नेपालले यसअघि मलेसियाविरुद्ध खेलिएका दुई अभ्यास खेलमा सफलता हासिल गरेको थियो। पहिलो अभ्यास खेलमा उत्कृष्ट ब्याटिङ गरेको नेपाल दोस्रो खेलमा भने ब्याटिङतर्फ केही कमजोर देखिएको थियो। यद्यपि, सोही अभ्यास खेलमा नेपालले सानदार बलिङ प्रदर्शन गर्दै मलेसियालाई २७ रनले हराउन सफल भएको थियो।

नेपालले समूहको दोस्रो खेलमा बिहीबार आयोजक मलेसियासँग खेल्नेछ ।

नेपालको समूहमा साउदी अरेबिया र हङकङ पनि रहेका छन् ।

अर्को समूहमा ओमान, सिंगापुर, कुबेत, कतार र यूएई रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)