सोमवार, भदौ २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता


  • माउन्टेन खबर
  • आइतवार, भदौ २१, २०८३
  • 64
    SHARES

काठमाडौं –  नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार भेटवार्ता भएको छ। भेटमा कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधान तथा पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको छ।

सभापति थापासँगको भेटमा नेता कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेको भन्दै कांग्रेस एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। पार्टी एकताका लागि आफ्नो तर्फबाट आवश्यक त्याग गर्न आफू तयार रहेको कोइरालाले बताएका उनका सचिवालयले जनाएको छ।

जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएका छन्। कांग्रेसलाई एकताबद्ध बनाउन आफू निरन्तर लागिपरेको थापाको भनाइ थियो।

भेटमा भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा पर्ने रसुवामा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा उत्पन्न विपत्तिका विषयमा समेत छलफल भएको थियो।

यसअघि सभापति थापाले शनिबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि भेटवार्ता गरेका थिए। पार्टीभित्रको विवाद समाधानका विषयमा थापा र खड्काबीच भएको छलफल सकारात्मक रहेको कांग्रेस नेताहरूले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)