बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जनताले काम गर्न पठाएका हुन्, राजीनामा दिन सकिँदैनः गृहमन्त्री


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ २३, २०८३
  • 46
    SHARES

ललितपुर – गृहमन्त्री सुधन गुरुङले कसैले राजीनामा माग्दैमा दिन नसकिने बताउनुभएको छ ।

 

 

 

मंगलवार ललितपुरमा आयोजित शहीद विकास महर्जनको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आफूहरुलाई जनताले दुई तिहाईको म्याण्डेट दिएर पठाएकाले कसैले राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पार्नुभयो । उहाँले इतिहास र जनमतलाई कसैले फेर्न नसक्ने भन्दै जनताको अटुट विश्वासलाई कदर गर्दै अघि बढ्ने बताउनु भयो । उहाँले आफूहरू राजनीति गरेर शासन गर्न नभई विशुद्ध सेवा गर्ने भावले सरकारमा आएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘अघिनै मैले भनेको थिएँ, इतिहास हो । फेर्न सकिँदैन हजुर, इतिहास हो । नेपाली जनताले दुई तिहाई बहुमत दिएर जाऊ काम गर भनेर हामीलाई दिएको विश्वास हो, फेर्न सकिँदैन हजुर । राजीनामा पनि दिन सकिँदैन । हामीलाई किनभने उहाँहरुले जिताएको होइन, नेपाली जनताले जिताएको हो हामीलाई । त्यही भएर हजुरका आशिर्वाद लिएर हामी तपाईंहरुको सेवामा आएका छौँ । तपाईंहरुलाई राजनीति गरेर राज गर्न आएका होइनौँ हामी, हामी सेवा गर्न आएका हौँ । र सम्पूर्ण गृह प्रशासन तपाईँहरुको सेवामा लाग्नेवाला छ भनेर म तपाईंहरुलाई प्रमिस पनि गर्न चाहन्छु ।’

गृहमन्त्री गुरुङले आगामी दिनमा सम्पूर्ण गृह प्रशासनलाई जनताको सेवामा पूर्ण रूपले परिचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । –न्यजु एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)