बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता


  • माउन्टेन खबर
  • बुधबार, भदौ २४, २०८३
  • 52
    SHARES

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूलाई जलवायु अन्यायका पीडितका रूपमा चित्रण गर्दै उनीहरूका लागि न्यायको पहल गर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले जलवायु परिवर्तनमा योगदान नगरेका मानिसहरूले त्यसको गम्भीर परिणाम भोग्नुपरेको बताए । भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरू आफ्नै कारणले नभई जलवायुजन्य विपत्तिको मारमा परेको उनको भनाइ थियो ।

उनले भने, ‘भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरू जलवायु अन्यायका पीडित हुन् ।’

लामिछानेले भोटेकोसी बाढीमा भएको मानवीय क्षतिलाई जलवायु न्यायको विषयसँग जोडेर अन्तर्राष्ट्रिय तहमा समेत आवाज उठाउनुपर्नेमा जोड दिए । मृतकहरूको बलिदानलाई जलवायु न्याय प्राप्तिको आधार बनाउनुपर्ने उनको भनाइ थियो ।

‘हामीले संकल्प गर्नैपर्छ, यो सहादतलाई जलवायु न्यायको औजार बनाएर जलवायु न्यायको ढोका ढकढकाउनेछौं,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)