बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै


  • माउन्टेन खबर
  • बुधबार, भदौ २४, २०८३
  • 39
    SHARES

काठमाडौं  –   आज सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै छ ।

 

 

 

जसअनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्नुहुने, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले एसियाली विधायीकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव सभासमक्ष पेस गर्नुहुने कार्य सूचि रहेको छ ।

त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनु हुने, विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुहुने कार्य सूचि रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)