शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कृष्ण भीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने


  • माउन्टेन खबर
  • शनिबार, भदौ २७, २०८३
  • 33
    SHARES

मुग्लिङ  – त्रिशूली बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको कृष्ण भीर सडक खण्ड तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

नाग ढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको छ । अहिले नयाँ ट्रयाकलाई ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ । अधिकारीले सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी काम तिब्र गतिमा अघि बढाइएको जानकारी दिनुभयो । उहाँकाअनुसार कामको आवश्यकताअनुसार दैनिक उपकरणको संख्या घटबढ हुने गरेको छ । केही दिन १२ वटासम्म उपकरण परिचालन गरिएको थियो । शनिवार कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारका लागि दुईवटा बुलडोजर र दुईवटा एक्साभेटर प्रयोग भइरहेको उहाँले बताउनु भयो । ग्रेडको काम सम्पन्न भएपछि रोलर थप गरी रोलिङको काम शुरु गरिनेछ ।
उहाँले भन्नुभयो, ‘कृष्ण भीरमा सडक भासिएपछि भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम भइरहेको छ । ट्र्याक निर्माण सम्पन्न भइसकेको छ भने अहिले ग्रेड सुधारको काम भइरहेको छ । कामका लागि आवश्यकताअनुसार उपकरण परिचालन गरिएको छ । आज दुई वटा बुल्डोजर र दुई वटा एक्स्काभेटर प्रयोग भइरहेका छन् । ग्रेड मिलाइसकेपछि रोलर थपेर रोलिङको काम शुरु गरिनेछ । सब ग्रेड तयार भएपछि ग्राभेल बिछ्याउन थप दुई–तीन दिन लाग्ने अनुमान छ । त्यसपछि भोलिदेखि दुई–तीन दिनभित्र कृष्ण भीर सडकमा यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ ।’
नयाँ ट्र्याकको सब ग्रेड तयार भएपछि ग्राभेल बिछ्याउने काम गर्न थप दुई–तीन दिन लाग्ने अधिकारीले बताउनु भयो । त्यसपछि कृष्ण भीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी रहेको उहाँको भनाइ छ । त्रिशूली बाढीपछि गएको पहिरो तथा सडक भासिएपछि कृष्ण भीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरी यातायात सुचारु गर्ने गरी सडक योजना कार्यालयले उपकरण परिचालन गरेर काम अघि बढाइरहेको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)