आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतद्वारा नेपाललाई तीन वटा मोड्युलर पुल हस्तान्तरण


  • माउन्टेन खबर
  • शनिबार, भदौ २७, २०८३
  • 49
    SHARES

काठमाडौँ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारत सरकारले उपलब्ध गराएका तीन वटा मोड्युलर पुल नेपाललाई हस्तान्तरण गरिएको छ ।

७०–७० मिटर लम्बाईका तीन वटा एकतर्फी मोड्युलर पुल शनिवार सडक डिभिजन कार्यालयमा आयोजित एक कार्यक्रमका बिच भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले नेपाललाई हस्तान्तरण गर्नुभएको हो ।

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट सडक तथा पुलमा ठूलो क्षति पुगेपछि भारत सरकारले सहयोगस्वरूप यी पुल उपलब्ध गराएको हो ।

पुल हस्तान्तरण कार्यक्रममा बोल्दै प्रथम सचिव सिंहले नेपालका लागि बाढीबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनर्निर्माणमा भारतले आगामी दिनमा पनि थप प्रि–फ्याब्रिकेटेड पुल उपलब्ध गराउने बताउनु भयो ।

पहिलो पुल समयमै सञ्चालनमा आउँदा प्रभावित क्षेत्रका नागरिकलाई आवतजावत तथा सामान ढुवानीमा सहज हुने उहाँको भनाइ छ । उहाँले नेपाल र भारतबीचको घनिष्ठ सम्बन्ध तथा साझेदारीको प्रतीकका रूपमा समेत यी सहयोगलाई लिन सकिने बताउनु भयो ।

मकवानपुर क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतमले विपद्का बेला छिमेकीको सहयोग महत्वपूर्ण हुने भन्दै भारत सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले बाढीबाट रसुवा–नुवाकोट क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्री पु¥याउनसमेत समस्या भइरहेको अवस्थामा ७० मिटर लामो पुलले आवागमन सहज बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । बाढीका कारण देशभर ३५ भन्दा बढी पुल क्षतिग्रस्त भएको भन्दै सांसद गौतमले थप पुलका लागि नेपाल सरकारले भारत सरकारसँग आग्रह गरिएको जानकारी दिनुभयो ।

तत्काल आवश्यक रहेका क्षेत्रमा थप पुल उपलब्ध गराउन सरकारस्तरबाट द्विपक्षीय छलफल भइरहेको समेत उहाँले बताउनु भयो । विपद्का बेला भारतले नेपाललाई गर्दै आएको सहयोगको स्मरण गर्दै गौतमले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख किरण कार्कीको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामा, सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधव प्रसाद काफ्ले लगायतको उपस्थिति थियो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)