मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १३, २०८३
  • 31
    SHARES

काठमाडौं । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले पक्राउ नगरेको स्पष्ट पारेको छ। सुरक्षा जोखिम देखिएपछि उनलाई प्रहरी कार्यालयमा लगेर सुरक्षा प्रदान गरिएको सरकारको भनाइ छ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राणालाई सुरक्षा खतरा रहेकाले प्रहरीको संरक्षणमा राखिएको जानकारी दिए।

 

उनका अनुसार राणाको परिवारबाटै सुरक्षा खतराबारे निवेदन दिइएको थियो। सोही आधारमा प्रहरीले आवश्यक सुरक्षा व्यवस्था गरेको मन्त्री पोखरेलले बताए।

राणालाई ‘जेनजी’ समूहबाट खतरा रहेको भन्ने चर्चा भने गलत भएको उनको दाबी छ। “जेनजीबाट थ्रेट भन्ने कुरा हल्ला मात्रै हो,” उनले भने।

मन्त्री पोखरेलले राणामाथि जेनजी नभई अज्ञात समूहबाट सुरक्षा खतरा रहेको बताए। सरकारले उक्त घटनालाई गिरफ्तारीका रूपमा नबुझ्न पनि स्पष्ट पारेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)