बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पन्ध्र मिनेट ( लघुकथा )


  • युवराज मैनाली
  • बिहिबार, अशोज १५, २०८३
  • 42
    SHARES
पन्ध्र मिनेट
छ वर्षपछि आँगनले रिकेसको पदचाप महशुस गर्यो ।
आमा फुरुङ्ग भइन्, मदानेडाँडाको फार्मबाट कालिज मगाउन बुवालाई अह्राइन् ।
रिकेसले रोक्यो, “आधा घण्टा मात्रै छ, आमा । ब्ल्याक कफी भए पुग्छ ।”
आमा कफी लिन पसलतिर दौडिइन् ।
मोबाइल बज्यो ।
केही बेरपछि रिकेस उठ्यो, “बुवा, तुरुन्तै निस्कनुपर्ने भयो ।”
“फेरि कहिले?”
“छिट्टै ।”
आमा हतारिँदै फर्कंदा घडीमा पन्ध्र मिनेट मात्रै बितेको थियो तर आँगन फेरि रित्तिइसकेको थियो ।
त्यस दिनदेखि घडीले ढोकातिर टोलाइरहेको प्रतीक्षा नापिरह्यो ।
वर्षहरू बिते ।
तर “छिट्टै” कहिल्यै आएन ।
-युवराज मैनाली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)