मुरली ( लघुकथा )
वृन्दावनमा साँझ पर्नै लागेको थियो।
श्रीकृष्णले मुरलीमाधुन भर्ने प्रयास गर्न थाल्नुभयो । नित्य चराचरलाई मन्त्रमुग्ध पार्ने मुरली आज मौन थिई । उसले कृष्णजीको प्रश्वाशलाई अशुद्ध ठहर्याई । ध्वनित हुन राजी भइनँ ।
कृष्णजीकोललाटमा चहक फैलियो । अंगवस्त्रमा स्थान दिनुभयो त्यसलाई। त्यहाँ पनि ऊ अडिन सकिन ! धूलोमा पछारिई विचरी।
टाढाको बटुवाले मन थाम्न सकेन ।
श्रीकृष्णजीसित सोध्यो उसले । “प्रभु, ।मुरली आज भुइँमा किन ?”
कृष्णजीले भुइँतिर नजर दिंदै प्रकट गर्नुभयो वाणी ।
“हिजोसम्म ऊ खोक्रो थिई ।मेरो झन्कारको प्रवेशले घन्कन्थ्यो संगीत । आज ऊ भौतिकी शक्तिले भारी भएकी छे ।”
बटुवा मौन भयो ।
उसले आँखा चिम्लियो । र पहिलोपटक चराचरसित केही राख्न सकेन ।
–युवराज मैनाली
