बिहिबार, कार्तिक ६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दशैँको रौनकः टीका र जमरापछि परम्परागत लिङ्गे पिङमा रमाउँदै सर्वसाधारण


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक ५, २०८३
  • 44
    SHARES

काठमाडौँ – नेपालीहरूको महान चाड दशैँको मुख्य दिन आज देशभर टीका तथा जमरा ग्रहण गरेपछि लिङ्गे पिङ खेल्ने परम्पराले निरन्तरता पाएको छ ।

 

 

धर्ती छोड्नुपर्छ भन्ने प्राचीन धार्मिक र सांस्कृतिक मान्यतालाई आत्मसाथ गर्दै सर्वसाधारणले सार्वजनिक स्थल र गाउँघरमा सामूहिक रूपमा पिङ खेलेर खुशी साटिरहेका छन् । दशैँको अवसरमा लिङ्गे पिङ खेल्ने संस्कृति नेपाली जनजीवनको अभिन्न अंग मानिन्छ । ‘दशैँको टीकाको दिन एक पटक भएपनि धर्ती छोड्नुपर्छ’ भन्ने पुरानो कथनलाई मानिसहरूले आजको दिनमा पनि उत्तिकै श्रद्धाका साथ पछ्याउने गरेका छन् ।

विशेषगरी गाउँघरमा बाँसका लामा लिङ्गा गाडेर बनाइएका पिङहरूमा आज टीका र जमरा लगाइसकेपछि मानिसहरूको घुइँचो लाग्ने गर्दछ ।

आधुनिकता र प्रविधिको विकाससँगै शहरिया जीवनशैलीमा यस्ता परम्परागत पिङहरू केही लोप हुँदै गएको भएपनि सांस्कृतिक संरक्षणका लागि विभिन्न स्थानमा पिङहरू निर्माण गरिएका छन् ।

लिङ्गे पिङ केवल मनोरञ्जनको साधन मात्र नभई सामाजिक मेलमिलाप र आपसी सद्भाव बढाउने माध्यम पनि बनेको छ । धर्मशास्त्रकाअनुसार दशैँको समयमा गरिने यस्ता क्रियाकलापले सकारात्मक ऊर्जाको सञ्चार गर्ने र वर्षभरिको थकान मेट्ने विश्वास गरिन्छ ।

विशेषगरी युवापुस्तादेखि ज्येष्ठ नागरिकसम्मका मानिसहरू पिङ खेल्न उत्साहित देखिन्छन् । टीका ग्रहण गरेपछि मान्यजनको आशिर्वाद लिँदै र पिङको मज्जा लिँदै नेपालीहरूले आफ्नो परम्परागत र सांस्कृतिक पहिचानलाई जोगाइरहेका छन् । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)