शनिबार, कार्तिक १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकामा चिसो बढ्दै


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १, २०८३
  • 39
    SHARES

काठमाडौँ – काठमाडौं उपत्यकामा बिहान र रातिको समयमा चिसो महसुस बढ्न थालेको छ। उपलब्ध मौसम अवलोकन विवरणअनुसार आज काठमाडौंको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस र अधिकतम तापक्रम २५.८ डिग्री सेल्सियस रहेको छ।

 

 

असोजको अन्त्यतिर आइपुग्दा दिन र रातको तापक्रममा हुने अन्तरका कारण बिहान तथा साँझको समयमा चिसो बढी महसुस भएको हो । दिनको समयमा घाम लागे पनि बिहान र राति तापक्रम घट्दा जनजीवनमा मौसम परिवर्तनको प्रभाव पनि देखिन थालेको छ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा ले दिएको सूचनामा काठमाडौं उपत्यकामा  वर्षाको सम्भावना नभएको र मौसम सफा रहने उल्लेख गरिएको छ। मौसममा आएको परिवर्तनसँगै बिहानै बाहिर निस्कने बालबालिका, ज्येष्ठ नागरिक तथा स्वास्थ्यप्रति संवेदनशील व्यक्तिले चिसोबाट बच्न चिकित्सकहरुले सल्लाह दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)