बुधबार, कार्तिक १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी लायन्स शिर्षमा


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक १८, २०८३
  • 42
    SHARES

काठमाडौँ – उत्कृष्ट बलिङ प्रेरित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा लगातार दोस्रो जित निकालेको छ ।

कीर्तिपुरमा मंगलवार भएको दोस्रो खेलमा उत्कृष्ट बलिङप्रेरित लुम्बिनीले पोखरा एभेन्जर्समाथि आठ विकेटको फराकिलो जितसँगै एनपिएलको शिर्ष स्थानमा उक्लिएको छ । यससँगै लुम्बिनी जारी एनपिएलमा लगातार तीन खेलसम्म अपराजित एक मात्र टोली बन्यो । यसअघि लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई हराएको थियो । दोस्रो खेल चितवन राइनोजसँग अंक बाँडेको थियो । पोखराको भने लगातार तेस्रो हार हो । जारी एनपिएलमा जितविहीन एक मात्र टोली पनि पोखरा नै रह्यो । डिफेन्डिङ च्याम्यिन लुम्बिनीले प्लेअफको दाबेदारी दिएको छ । लुम्बिनीको जितमा बलरले उत्कृष्ट प्रदर्शन गरे । त्रिवि क्रिकेट मैदानमा पोखराले ९८ रनको झिनो लक्ष्य दियो ।

लुम्बिनीले ११.४ ओभरमा मात्र दुई विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । लुम्बिनीका कप्तान रोहित पौडेल ४७ रनमा अविजित रहे । उनले ३२ बलमा समान तीन चौका र तीन छक्का हिर्काए । उनले तेस्रो विकेटका लागि निरोसान डिकवेलासँग ७७ रनको अविजित साझेदारी गरे । डिकवेला २७ रनमा अविजित रहे । उनले दुई चौका र एक छक्का हिर्काए । लुम्बिनीको पनि सुरुआत खराब रह्यो । दोस्रो ओभरमै ओपनर आसिफ शेख ७ रनमै रनआउट हुन पुगे । ओपनर डार्सी सटसँग तालमेल नमिल्दा उनी रनआउट भए । यसै ओभरमा डार्सी पनि १३ रनमा पभेलियन फर्किए । विपिन खत्रीको बलमा उनी आकाश चन्दबाट क्याच भए ।

डार्सीले ६ बलमा समान एक चौका र छक्का हिर्काउँदै राम्रो शुरुवात दिलाएका दिए । यो विकेटसँगै लुम्बिनी सँम्हलिएर खेल्ने रणनीति लियो । पावरप्लेमा लुम्बिनी ४३ रन जोड्दा दुई विकेट मात्र गुमायो । कप्तान रोहित र डिकवालाको साझेदारीले लुम्बिनीले ५० बल अगावै जित सुरक्षित ग¥यो । पोखराको बलिङमा विपिन खत्रीबाहेक अन्य बलर विकेटविहीन भए । टस हारेर पहिले ब्याटिङ गरेको पोखराले बिर्सनलायक शुरुवात ग¥यो । ३३÷५ को खराब स्थितिबाट पोखराले सय रनको इनिङ पनि बनाउन सकेन । पूरै ओभरमा ९ विकेटको क्षतिमा पोखराले ९७ रनको झिनो योगफल बनायो । लुम्बिनीका बलरसामू पोखराका कुनै पनि ब्याटर लामो समय क्रिजमा रहन सकेनन् ।

नवौं नम्बरका चमिका करुनारत्नेले २५ रन जोडे । यो नै सर्वाधिक ठुलो व्यक्तिगत सर्वाधिक रन रह्यो । बंगलादेशी अलराउन्डर सकिब अल हसन, श्रीलंकन ब्याटर सदिरा समराविक्रमा, महेदी हसन र कप्तान कुशल भुर्तेललगायत अनुभवी ब्याटर पनि चल्नै सकेनन् । इनिङको दोस्रो बलमै विकेट गुमाएको पोखरा समालिन नै सकेन । ओपनर अर्जुन कुमाल खाता नखोल्दै पभेलियन फर्किए । उनले यस सिजन पहिलोपल्ट अवसर पाएका थिए । तर अर्जुनले सदुपयोग गर्न सकेनन् । नामिबियाका तिब्र गतिका बलर रुबेन ट्रम्पलमेनले शुरुदेखि पोखराको इनिङ धराशयी बनाए । उनले अर्जुनलाई बोल्ड गर्दै शुरुवात गरे ।

तेस्रो ओभरमा पोखराले अप्रत्यासित रूपमा दोस्रो विकेट गुमायो । यो विकेट पनि ट्रम्पमेनले नै लिएका हुन् । अभिशेष गौतमले दौडिएर बाउन्ड्री लाइनमा जम्प गर्दै एक हातले क्याच गरेपछि पोखरा संकटमा प¥यो । ट्रम्पलमेनले समाराविक्रममा ७ रनमै पभेलियन फर्काएका हुन् । पोखराले युवा ब्याटर विपिन आचार्यलाई माथिल्लो क्रममा पठाउने निर्णय ग¥यो । यो निर्णय पनि सही साबित भएन । ३.५ ओभरमा विपिन १ रनमै आउट भए । विपिन स्पिनर शेर मल्लबाट कट एन्ड बोल्ड भए । यससँगै पोखरा १५÷३ को नाजुक अवस्थामा पुग्यो । दबाबमा परेको पोखराले पावरप्लेमा २३ रन मात्र जोड्न सक्यो ।

लगत्तै सातौं ओभरमा कप्तान कुशल भुर्तेल १४ रनमा नै पभेलियन फर्किए । स्पिनर तिलक भण्डारीले उनलाई ट्रम्पलमेनबाट क्याच गराए । खातामा थप तीन रन जोड्दा पोखराले पाँचौं विकेट पनि गुमाउन पुग्यो । आशा गरिएका बंगलादेशी अलराउन्डर सकिब अल हसन ३ रनमा खराब सट खेलेर आउट भए । लुम्बिनीका कप्तान रोहित पौडेलको बलिङमा ठूलो सट खेल्ने चक्करमा उनी आसिफ शेखबाट क्याच भए । १४.३ ओभरमा पोखराले ५० रन जोड्न पाँच विकेट गुमायो । खातामा थप दुई रन जोड्दा पोखराले थप दुई विकेट गुमाउन पुग्यो । १५औं ओभरमा अर्जुन घर्ति ६ र १६औं ओभरमा मेहदी हसन १३ रनमै आउट भए । अर्जुन ट्रम्पलमेनको एलबिडब्लु शिकार भए । स्पिनर तिलकको बलमा ठुलो सट खेल्ने प्रयासमा मेहदी क्याच भए । त्यसपछि आएका किरण ठगुन्ना ६ बलमा १२ रन जोडेर पभेलियन फर्किए । उनको इनिङमा समान एक चौका र छक्का थियो ।

१६।६ ओभरमा पोखरा ७०÷८ को नाजुक अवस्थामा पुग्यो । तर नवौं विकेटका लागि चमिकाले विपिन खत्रीसँग २१ रनको साझेदारी गर्दै सय रनको आँकडा छुने संकेत गरे । यो नै पोखराको सर्वाधिक ठुलो साझेदारी रह्यो । १९।२ ओभरमा चमिका रनआउट हुन पुगे । लुम्बिनीका विकेटकिपर निरोसन डिकवेलाबाट रनआउट भए । चमिकाले १७ बलमा दुई छक्का हिर्काए । लुम्बिनीले सात बलर प्रयोग ग¥यो र सबै किफायती पनि रहे । लुम्बिनीका ६ बलर विकेट लिन सफल भए । टम्पलमेनले चार ओभरमा तीन विकेट लिँदा १६ रन मात्र दिए । तिलकले दुई विकेट तथा शेर मल्ल, कप्तान रोहित र अभिशेषले समान एक विकेट लिए । बुधवार एनपिएलमा विश्राम हुनेछ । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)