आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पछिल्लो २४ घन्टामा थप ४०९ मा कोरोना संक्रमण, ६ जनाको मृत्यु


  • माउन्टेन खबर
  • बुधबार, पुस २२, २०७७
  • 763
    SHARES

२२ पुस, काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ९ जनामा कोरोना पुष्टि भएको हो।

योसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ९५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९९ पुगेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)