शनिबार, बैशाख २२, २०८१

पत्रकारदेखि डराउनुपर्ने अवस्था आएको छ : संचारमन्त्री गुरुङ


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २८, २०७७
  • 332
    SHARES

२८ पुस, काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्रि पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ ।

मन्त्रालयमा मंगलबार पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाका प्रतिनिधि सँगको भेटमा मन्त्रि गुरुङले अहिले भैरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको भन्दै चिन्ता ब्यक्त गर्नु भयो । मन्त्रि गुरुङले समाचारको माध्यमबाट माध्यमबाट समाज रुपान्तरण र द्वन्द्व ब्यबस्थापन गर्न सकिने भए पनि अहिले ठिक उल्टो पत्रकारिता भैरहेको बताउनु भयो ।

अहिले पत्रकार देख्ने बित्तिकै डराउनुपर्ने अवस्था रहेको टिप्पणी गर्नुभयो । सरकारले राम्रो काम गरेपनि बिरोध नै गर्नु पर्ने भन्दै पत्रकारिता पेशाको सम्मानको लागि सच्चिनु पर्ने आवशाकता रहेको बताउनु भयो ।

राम्रो कामको प्रतिपक्ष दलले पनि प्रसंशा गर्ने गरेको भए पनि संचार जगत किन पूर्वाग्रही भएको भन्दै आश्चर्य ब्यक्त गर्नु भयो । मन्त्रि गुरुङ सँगको भेटमा काठमाडौँ शाखाले विभिन्न माग समेटेको १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }