मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्यानमारका नागरिक शरण माग्दै भारततिर


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन २३, २०७७
  • 756
    SHARES

२३ फागुन, काठमाडौं । म्यानमारमा सेनाले कूमार्फत् सत्ता हत्याएपछि प्रहरीहरू नै शरण माग्दै छिमेकी देश पुगेको खुलेको छ।

म्यानमारले भारतमा पुगेका ८ जना प्रहरीलाई पक्रेर फिर्ता पठाइदिन पत्र पठाएपछि उनीहरू शरण माग्दै आइपुगेको खुलेको हो।

म्यानमारसँग सीमा जोडिएको उत्तरपूर्वी भारतीय राज्य मिजोरमको मिजो गाउँमा ११ प्रहरी र अन्य पाँच जना म्यानमारी नागरिकले शरण लिइरहेको द मिजोरम पोष्टले अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।

म्यानमारको सेनाले गत फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर आङ सान सूचीलगायत नेतालाई पक्राउ गरेर शासन हत्याएको थियो।

त्यसयता म्यानमारमा दिनदिनैजसो सैनिक शासनविरूद्ध प्रदर्शनहरू भइरहेका छन्। पछिल्लो समय प्रदर्शनकारीमाथि सुरक्षाकर्मीको दमन बढेको छ। अहिलेसम्म ५४ प्रदर्शनकारीले ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका छन्।

सैनिक शासनको विरोधमा म्यानमारका सरकारी र निजी कम्पनीका कर्मचारीले काम गर्न छोडेका छन्। प्रहरी नै जागिर छोडेर भारतमा शरण माग्न आएको घटनाले अन्तर्राष्ट्रिय चर्चा पाएको छ।

शनिबार पठाएको पत्रमा म्यानमारले दुई देशको मित्रता कायम राख्न भारतले ती प्रहरीलाई पक्राउ गरी फिर्ता पठाउनु पर्ने बताएको छ।

मिजोरमका अधिकारीहरूले केन्द्रीय गृह मन्त्रालयले निर्देशनबमोजिम म्यानमारबाट आएका प्रहरीलाई के गर्ने भन्ने टुंगो लाग्ने बताएका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)