आइतवार, बैशाख २३, २०८१

शिक्षामन्त्रीले नियुक्ति सिफारिस परिवर्तन गर्न दबाब दिएकोमा काँग्रेसले जनायो आपत्ति


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ९, २०७७
  • 713
    SHARES

९ चैत्र, काठमाडौं । शिक्षामन्त्रीले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति सिफारिसलाई परिवर्तन गर्न समितिका अध्यक्ष तथा सदस्यलाई पटक–पटक दबाब दिएको भन्दै नेपाली काँग्रेसले गम्भीर आपत्ति जनाएको छ । काँग्रेस शिक्षा विभागका सचिव डा.कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा ऐन २०२८ र शिक्षक सेवा आयोग नियमावली २०५७ बमोजिम शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति प्रक्रियालाई निःशर्त टुंगोमा पुर्याउनुपर्ने माग गर्नुभयो।

यसअघि शिक्षक सेवा आयोग (नवौ संशोधन) नियमावली, २०७१ अनुसार आयोगका पदाधिकारीको सिफारिस गर्न लोकसेवा आयोगका अध्यक्षको अध्‍यक्षतामा त्रिभुवन विश्‍वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहेको छनौट समितिले २०७७ कार्तिक २२ गते आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी, सदस्यमा डा.डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई सिफारिस गरेको थियो ।

त्रिभुवन विश्‍वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहेको छनोट समितिले गरेको उक्त सिफारिसलाई परिवर्तन गर्ने शिक्षामन्त्रीले पटक–पटक दबाब दिएको काँग्रेसको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }