सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ब्राजिलमा महिना दिनमै कोभिड–१९ का कारण ६६ हजार पाँच सयजनाको मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १९, २०७७
  • 358
    SHARES

१९ चैत्र, काठमाडौं । ब्राजिलमा कोरोना भाइरसका कारण मार्च महिनामा ६६ हजार ५७० जनाको ज्यान गएको छ।

अघिल्लो महिना भन्दा मार्चमा कोभिड–१९ का कारण ब्राजिलमा दोब्बर बढिको ज्यान गएको हो।

ब्राजिलमा निरन्तर संक्रमण बढ्दो क्रममा रहँदा स्वास्थ्य प्रणाली सेवा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरेको प्रयास अति कमजोर भएको भन्दै राष्ट्रपति जायर बोल्सोनारोको तीव्र आलोचना हुँदै आएको छ ।

उनले लगातार लककडाउनसहितका सावधानीका उपायको विरोध गर्दै आएका छन् ।

ब्राजिलमा अहिलेसम्म कोभिड–१९ का कारण तीन लाख २१ हजार पाँच सय भन्दा धेरैको ज्यान गएको छ । कुल संक्रमितको संख्या एक करोड २७ लाख ४८ हजार सात सय भन्दा धेरै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)