बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कडा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सन्चालन गर्नुपर्नेमा प्याब्सनको जोड


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २९, २०७७
  • 557
    SHARES

२९ चैत्र, काठमाडौं। देशभर दिनप्रतिदिन कोरोनाभाइरसको संक्रमणको दोस्रो चरण बढ्दै गएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)को गम्भीर ध्यानाकर्षण भएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तीमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेपछि विद्यालय बन्द गरेर मात्रै कोरोना जोखिम टर्न नसक्ने भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो।

आइतबार एक विज्ञप्ति जारी गर्दै प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले २०७६ चैत्र ११ गतेबाट गरिएको बन्दाबन्दीले विश्वका कतिपय मुलुक सँगसँगै नेपालको स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, आर्थिक क्षेत्र र रोजगारीको क्षेत्र लगायत जनजीविकाको विभिन्न पक्षमा पारेको प्रभावहरु आम नेपाली जनताले अनुभूत गरिसकेका भन्दै बन्दाबन्दी मात्र रोकथामको उपाय नभएको प्रमाणित भइसकेको बताउनुभएको छ।

जारी विज्ञप्तिमा विद्यालय बन्द नगरी बरु संक्रमणबाट बच्न अन्य कडा स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गरिनुपर्नेमा जोड दिइएको छ ।

त्यस्तै प्याब्सनले सबै विद्यार्थी अभिभावक आर्थिकरुपले बलियो नहुने र सबैको घरमा इन्टरनेटको पनि व्यवस्था नभएकाले विद्यालय बन्द गराएर अनलाइन माध्यमबाट सबै ठाउँमा पठनपाठन सञ्चालन गर्न सम्भव नरहेको पनि स्पष्ट पारेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)