बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भेरी अस्पतालमा ८१ जनाको परीक्षण गर्दा ७५ जनामा देखियो कोरोना संक्रमण


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ६, २०७८
  • 403
    SHARES

६ बैशाख, बाँके । बाँकेस्थित भेरी अस्पतालमा ८१ जनाको पिसिआर परीक्षण गर्दा ७५ जनालाई कोरोना संक्रमन पुष्टि भएको छ।

भेरी अस्पताल नेपालगन्जले बितेको २४ घण्टाभित्र ८१ वटा स्वाब परीक्षण गर्दा आइतबार ७५ जनालाई कोरोना भाइरसको संक्रमन पुष्टि भएको छ।

परीक्षण गरिएको स्वाबमध्ये ९२.६ प्रतिशतलाई कोरोना संक्रमण देखिएको अस्पतालले प्रशासनले जानकारी दिएको छ।

बाँकेकै नेपालगन्ज मेडिकल कलेज र बागेश्वरी डाइग्नोशिसमा समेत गरि आइतबार कुल १०१ जनामा संक्रमन पुष्टि भएको छ ।

संक्रमित मध्य बाँकेमा बसोबास गरिरहेका ४४ जनामा संक्रमन देखिएको छ।

एक जनाको मृत्यु

भेरी अस्पतालको कोभिड वार्डमा थप एक महिलाको मृत्यु भएको छ।

बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ की ५२ वर्षीया महिलाको आइतबार अपरान्ह ४ बजेतिर मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।

गएराति मात्रै भेरी अस्पतालमा तीन जना संक्रमितको मृत्यु भएको थियो । यो बाहिरी जिल्लाबाट उपचारका लागि बाँके लगिएका संक्रमित मध्य ९७ जनाको मृत्यु भएको छ ।

त्यस्तैै कोरोना संक्रमणबाट बाँके जिल्लाका मात्रै थप ६० जनाको मृत्यु भएको वलीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)