बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाँकेमा वैशाख ९ गतेबाट लकडाउन गर्न सिफारिस


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ७, २०७८
  • 725
    SHARES

७ बैशाख, काठमाडौं । कोभिड–१९ संक्रमितले दिनदिनै थपिँदै गएपछि बाँके जिल्लाका लकडाउन हुने भएको छ । बाँके जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकले जिल्लामा संक्रमणको महामारी रोकथाम गर्न बैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

विगत एक हप्ताबाट हरेक दिन सयौँको संख्यामा संक्रमित थपिँदै गएपछि डीसीसीएमसीले लकडाउनको सिफारिस गर्न बाध्य भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयका सबै कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको समेत गरीएको छ ।

एकै दिन ठूलो संख्यामा संक्रमित थपिने र त्यसमा पनि गम्भीर प्रकृतिको संक्रमितको संख्या उच्च भएपछि बाँकेका सबै कोरोना बिशेष वार्डहरु भरिभराउ भएका छन् । बाँके नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि नै आइतवारदेखि विद्यालयहरु बन्द गर्ने निर्देशन दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)