बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतका कम्युनिष्ट नेता सीताराम यचुरीका छोराको कोरोनाले मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ९, २०७८
  • 859
    SHARES

९ बैशाख, काठमाडौं । भारतका कम्युनिष्ट नेता सीताराम यचुरीका छोराको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव यचुरीका छोरा आशिषको कोरोना संक्रमणले मृत्यु भएको हो।

३५ वर्षीय आशिषको मेदान्त अस्पतालमा उपचार भइरहेको थियो। उनको बिहीबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।

यचुरीले सामाजिक सञ्जाल ट्वीटरबाट छोरा बितेको जानकारी दिएका छन्।

उनले लेखेका छन्- भारी दु:खका साथ भन्नु परेको छ-मेरा जेठा छोरा आशिष यचुरीलाई आज बिहान कोभिड-१९ का कारण गुमाएको छु।

उनले आफूहरूलाई आशा दिने र उनको उपचार गर्ने सबैलाई धन्यवाद दिएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यचुरीको निधनप्रति दु:ख व्यक्त गरेका छन्। ट्वीटरमार्फत् मोदीले यचुरी परिवारप्रति समवेदना प्रकट गरेका हुन्।

भारतमा पछिल्लो समय कोरोनाभाइरसको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको छ।

बुधबार एकैदिन ३ लाख १६ हजार मानिसमा कोरोनाभाइरसको संक्रमण भएको छ। योसँगै एकैदिन यति धेरै कोरोनाभाइरसका संक्रमित थपिने भारत संसारकै पहिलो देश बनेको छ। यसअघि संयुक्त राज्य अमेरिकामा एकैदिन कोरोनाभाइरसका ३ लाख संक्रमित थपिएका थिए। गत जनवरी ८ मा अमेरिकामा ३ लाख ७ हजार ५ सय ८१ जना संक्रमित थपिएका थिए।

संक्रमण दर बढेसँगै भारतमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेहरूको संख्या पनि दिनदिनै बढिरहेको छ। बुधबार भारतभरि २ हजार १ सय २ जनाले ज्यान गुमाएका छन्।

भारतमा दैनिक संक्रमितको संख्या १ लाखबाट तीन लाख पुग्न जम्मा १७ दिन लागेको छ। अप्रिल ४ मा पहिलो पटक दैनिक संक्रमितको संख्या १ लाख पुगेको थियो।

भारतका महाराष्ट्र, दिल्ली, केरला, उत्तर प्रदेश, छत्तीसगढलगायत राज्यमा कोरोना दिन दुई गुना रात चौगुनाका दरले बढिरहेको छ।

भारतमा अहिलेसम्म १ करोड ५९ लाख मानिसमा कोरोना संक्रमण भएको छ भने १ लाख ८४ हजार संक्रमितले ज्यान गुमाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)