मङ्लबार, बैशाख २५, २०८१

सांसद मोहन आचार्यले आफनै घरमा बनाए २१ शैयाकोे क्वारेन्टाइन


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १३, २०७६
  • 1.5K
    SHARES

रसुवा, १३ चैत

प्रतिनिधिसभामा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले आफनो घरमा २१ शैयाको क्वारेन्टाइन निर्माण गरेका छन् । बिश्वब्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि सांसद आचार्यले आफनै घरमा २१ शैयाको क्वारेन्टाइन निर्माण गरेका हुन् ।

यसअघि बेत्रावती स्थित सहकारी भवनमा २० शैयाको क्वारेनटाइन निर्माण गरिने भनिएपनि त्यहाँ उपयुक्त नभएपछि सांसद आचार्यले आफनो घरमा क्वारेन्टाइन बनाउन दिएका हुन् ।

सांसद आचार्यको घरको चार वटा कोठामा सुबिधा सम्पन्न २१ शैयाको क्वारेनटाइन निर्माण भएको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए । कोठाभित्र ट्वाइलेट, बाथरुम, धारा सबै सुबिधासम्पन्न छ, उनले भने क्वारेन्टाइन निर्माणका लागि चाहिने पूर्वाधारहरु पनि भएको हुदाँ माननिय ज्युले खुशीसाथ उपलब्ध गराउनु भएको छ, ।

सांसद आचार्यले बिश्व नै कोरोना भाइरससँग लडिरहेका बेला शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि आफनै घरमा क्वारेनटाइन निर्माण गरि विपदको घडिमा गरेको सहयोग प्रशंसनिय रहेको लम्सालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }