बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १५, २०७८
  • 645
    SHARES

१५ बैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघले अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट आइपरेको जनाएको छ ।

सहारा मरुभूमि वरिपरिका ६ देशको समूह (बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरिया) लाई साहेल क्षेत्र भनिन्छ।

ती देशका २ करोड ८० लाख मानिसहरु असुरक्षा र भोकमरीको चपेटामा परेकाले तत्काल सहयोग आवश्यक रहेको राष्ट्रसंघको भनाइ छ ।

संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी (युएनएचसिआर) का साहेल संयोजक एवम् पश्चिम तथा मध्य अफ्रिकाका उपनिर्देशक जेभियर क्राइचले भनेका छन्, ‘साहेलमा द्वन्द्व व्यापक रुपमा बढ्दै गइरहेको छ । नागरिकहरुले धेरैपटक घातक आक्रमण, चन्दा आतंक र धम्कीको सामना गर्नुपर्दछ या त्यहाँबाट भाग्नुपर्दछ ।’

बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरियामा हिंसा बढ्दै गएको छ । ती देशहरुमा सशस्त्र समूहको आक्रमण, लैंगिक हिंसा, विस्थापन र भोकमरीको समस्या छ । हिंसाका कारण सो क्षेत्रबाट ५३ लाख मानिस विस्थापित भइसकेको अलजजिराले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)