बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाएकाले बाहिर हिड्दा मास्क लगाउन नपर्ने


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १५, २०७८
  • 757
    SHARES

१५ बैशाख, काठमाडौं । कोरोना विरुद्धको खोपको मात्रा पूरा गरेका अमेरिकीले घर बाहिर निस्कँदा मास्क लगाउँनै पर्ने बाध्यता अन्त्य भएको छ ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र सिडिसीले खोपको मात्रा पूरा गरेका नागरिकलाई हाल लगाइएको प्रतिबन्ध खुकुलो गर्दै घर बाहिर निस्कँदा मास्क लगाउन आवश्यक नभएको जनाएको छ ।

कोरोना सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै खोप लगाएकाहरुले एक्लै हुँदा वा खोप लगाएकाहरुहरुकै सानो समूहमा मास्क लगाउन नपर्ने जनाइएको हो । तर भीडभाड भएका ठाउँमा भने घर भित्र पनि मास्क लगाउन निर्देशिकामा भनिएको छ ।

हालसम्म ९ करोड ५० लाखभन्दा बढी अमेरिकीले खोपको मात्रा पूरा गरेका छन् । सिडिसिले नयाँ निर्देशिका जारी गरेसँगै राष्ट्रपति जो बाइडनले असाधारण प्रगति भएको भन्दै खुसियाली मनाउनु भएको छ ।

खोप लगाएकाहरुबाट अन्य व्यक्तिमा रोग सर्ने र उनीहरुमा रोग सर्ने दर अत्यन्त न्युन भएको वैज्ञानिकहरुले पुष्टि गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)