बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इजरायलमा भागदौड मच्चिंदा ३८ जनाको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १७, २०७८
  • 353
    SHARES

१७ बैशाख । इजरायलमा यहुदी पर्व मनाउन भेला भएकाहरुबीच भागदौड मच्चिंदा ३८ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् ।

यो घटना उत्तरी इजरायलस्थित माउन्ट मेरोनको हो । घटनामा कम्तिमा ३८ जनाको मृत्यु भएको स्थानीय एक पत्रिकालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ठूलो आपत आइलागेको भन्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

वार्षिक पर्व मनाउन दशौं हजार यहुदा भेला भएका थिए । भिड धेरै भएकाले उद्धार कार्यमा समेत कठिनाइ भइरहेको आपतकालीन सेवा प्रदायकहरुले जनाएका छन् ।

यहुदीहरुले हरेक वर्ष मनाउने सो पर्व गत वर्ष कोरोना भाइरस संक्रमणको महामारीका कारण रोकिएको थियो । यस वर्ष भने पर्व मनाउन ठूलो संख्यामा मानिसहरु भेला भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)