बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अफगानिस्तानमा कार बम विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १८, २०७८
  • 849
    SHARES

१८ बैशाख, काठमाडौं । कार बम विस्फोट हुँदा अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

भिडभाड रहेको सडकमा शुक्रबार गराइएको विस्फोटमा परी अरु ७० जना घाइते पनि भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अफगानिस्तानको पूर्वी लोगार प्रान्तको राजधानी पुल ए अलाममा रहेको प्रान्तीय अस्पतालबाहिर सडकमा विस्फोटको घटना भएको हो ।

स्थानीय समयानुसार बेलुका ६.५० मा घटना भएको थियो । प्रारम्भिक विवरणानुसार विस्फोट भएको कारका चालकले गलत तरिकाले कार चलाएर विस्फोट भएको थियो ।

घटनामा परी मृत्यु हुनेहरुको संख्यामा वृद्धि हुन सक्ने स्थानीय अधिकारीहरुले सिन्ह्वासँग बताएका छन् । उनीहरुका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको संख्या वृद्धि हुने अनुमान गरिएको हो ।

विस्फोटका कारण प्रान्तीय अस्पतालको भवन र सँगै रहेको एम्बुलेन्समा पनि क्षति पुगको अधिकारीहरुले जनाएका छन् । घटनाबाट प्रभावित भएका मध्ये धेरैजना स्वास्थ्यकर्मीहरु समेत रहेका छन् । त्यसैगरी, विश्वविद्यालयको प्रवेश परीक्षामा सहभागी हुन लोगार जिल्लाबाट आएका विद्यार्थीहरु पनि घटनामा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)