बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

१५ सय मतले भाजपासँग हारे अभिनेता कमल हसन


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २०, २०७८
  • 664
    SHARES

२० बैशाख, काठमाडौं । पहिलो पटक भारतीय राज्य तमिलनाडुमा विधान सभा चुनाव लडेका अभिनेता कमल हसन पराजित भएका छन्।

हसनले मक्कल निधी माइआम (एमएनएम) पार्टी खोलेर यसपालि विधान सभा चुनावमा भाग लिएका थिए।

आइतबार भएको मतगणनाअनुसार हसन भारतीय जनता पार्टीका भानती श्रीनीभासनसँग १५ सय ४० मतको अन्तरले पराजित भएका हुन्। अभिनेता हसन यसअघि चेन्नईमा चुनाव लड्ने अपेक्षा गरिएको थियो तर उनले कोइमबाटोर क्षेत्रबाट उम्मेदवार बन्ने निर्णय गरेका थिए।

यो क्षेत्रमा हसनको दलका उपाध्यक्ष डाक्टर आर महेन्द्रन सन् २०१९ को लोकसभा चुनावमा तेस्रो स्थानमा आएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)