बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वाईडेन प्रशासनले बढायो अमेरिकामा प्रवेश गर्न पाउने शरणार्थीको संख्या


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २१, २०७८
  • 899
    SHARES

२१ बैशाख, काठमाडौं । अमेरिका प्रवेश गर्न पाउने शरणार्थीको संख्या अब बढ्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना पार्टी भित्रबाट तीव्र आलोचना भएपछि वार्षिक रुपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको संख्या १५ हजारबाट बढाएर ६२ हजार पाँच सय बनाएका छन्।

डोनाल्ड ट्रम्प प्रशासनले तय गरेको अधिकतम १५ हजार आप्रवासीकै नीतिमा बस्ने निर्णय गरेका बाइडेनले विरोधपछि मात्रा बढाएका हुन्।

डेमोक्र्याटिक पार्टी भित्रका प्रोग्रेसिभ तथा शरणार्थी एजेन्सीहरुले वार्षिक रुपमा प्रवेश गर्न दिने आप्रवासीको संख्या १५ हजार नै राख्नु अमानवीय रहेको भन्दै तीव्र आलोचना गरेका थिए।

बाइडेनले संख्या बढाउने घोषणा गर्दै भनेका छन्, ‘न्यूनतम मात्राले अमेरिकी मूल्य–मान्यताको प्रतिनिधित्व गर्दैन।’

धेरै आप्रवासीलाई प्रवेश दिँदा मेक्सिको–अमेरिका सीमा क्षेत्रमा आप्रवासीहरुको संख्या बढ्न सक्ने चिन्ता राष्ट्रपति बाइडेनमा रहेको स्रोतहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

बाइडेनले सोमबार वार्षिक शरणार्थीको संख्या ६२ हजार पाँच सय बनाउने घोषणा गर्दै यसले पूर्व राष्ट्रपति ट्रम्पले तय गरेको इतिहासकै कम संख्याको नीतिलाई मेटाएको बताएका छन्।

आउँदो वर्ष वार्षिक रुपमा प्रवेश गर्न दिने शरणार्थीको संख्या एक लाख २५ हजार बनाउने योजना आफ्नो प्रशासनको रहेको पनि बाइडेनले बताएका छन्।

तर अघिल्लो प्रशासनले शरणार्थीका सम्बन्धमा गरेका खराब निर्णयका कारण भएको क्षति मिलाउने क्रममा यो वर्ष वा अर्को वर्षको लक्ष्य पूरा गर्न भने कठिन भएको र यो तितो यथार्थ रहेको राष्ट्रपति बाइडेनले बताएका छन्।

अमेरिकाको रेफ्यूजी प्रोसेसिङ्ग सेन्टरका अनुसार गएको अक्टोबरदेखि मार्चसम्ममा झण्डै दुई हजार शरणार्थी अमेरिका प्रवेश गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)