शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विपन्नलाई खाना बाँड्दै ‘रातामकै’ र ‘मुलासाग’


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २६, २०७७
  • 1.2K
    SHARES
  • ( तस्विरः विपन्नलाई खाना बाँड्दै ‘रातामकै’ र ‘मुलासाग’ )

काठमाडौं ।

लकडाउनका कारण ठुलो पर्दाको चलचित्र र टेलिचलचित्रको छायांकनको काम यतिखेर ठप्प छ । अधिकाँश कलाकारहरु घरभित्रै छन भने केही कलाकारहरु भने दिनरात नभनी सामाजिक कार्यमा खटिईरहेका छन् । विगतदेखि नै सामाजिक कार्यमा सहभागी हुँदै आएका वरिष्ठ हाँस्य कलाकारद्वय किरण केसी ‘रातामकै’ र सुरेन्द्र केसी ‘मुलासाग’ छिनछिनमा परिवर्तन भईराख्ने बैसाखको मौसममा असहाय र विपन्न वर्गलाई खाना वितरण गरिहेका छन् । कोरोना भाईरस कोभिड—१९ को कारण विगत ४५ दिनदेखि मुलुक लडाउन भई दैनिक ज्यालादारी गर्ने मजदूरहरुलाई जीवनयापन गर्न अप्ठेरो परेको महसुस गर्दै वरिष्ठ हाँस्य कलाकारद्वय रातामकै र मुलासाग कहिले ललितपुर त कहिले भक्तपुरसम्म खाना वितरण गर्न पुगेका हुन ।

विहीबार पनि उनीहरु भक्तपुरको सुर्यविनायक चोकमा १६० जना, भक्तपुर क्यान्सर अस्पताल अगाडी दुधपाटीमा १३० जना र नयाँठिमी चोकमा ७० जनालाई खाना वितरण गर्न पुगेका थिए ।

उनीहरु मानव सेवा आश्रमको आह्वानमा विहीबार खाना वितरण गर्ने कार्यमा सहभागी भएका थिए । खाना खाने कार्यक्रममा मजदूर, वृद्धवृद्धा, केटाकेटी र शारिरीक अपाङ्गताहरुको सहभागिता थियो । यसैगरि कलाकार केसीद्वय ललितपुर महानगरपालिका वडा नं २ सानेपास्थित सामुदायीक सेवा केन्द्र र सामुदायीक प्रहरी सेवाद्वारा आयोजना गरिएको खाना वितरण कार्यक्रममा पनि सहभागी भए । उनीसंग नेकपा नेतृ पम्पा भुषाल पनि सहभागी थिइन् । ललितपुरको व्यवसायीक समूह ‘२१ ग्रुप प्रापर्टी डिलर्स’ का सद्भावनादूत र साझेदार समेत रहेका रातामकै र अर्का साझेदार मुलासाग केहीदिनअघि सो समूहले ललितपुरको महालक्ष्मी नगरपालिकालाई उपलब्ध गराएको करीव ३ लाख रुपैँया बराबरको १०० बोरा चामल र १० हजार थान मास्क वितरण कार्यक्रममा समेत सहभागी भएका थिए । वरिष्ठ हाँस्यकलाकारद्वय ‘रातामकै’ र ‘मुलासाग’  को साथै ‘२१ ग्रुप’ का कार्यकारी अध्यक्ष एवम् समाजसेवी राजकुमार केसीले महालक्ष्मी नगरप्रमुख रामेश्वर श्रेष्ठलाई ती सामाग्री हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)