बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इजरायलको हवाई हमलामा हालसम्म १७ बालबालिकासहित ६७ को मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ३०, २०७८
  • 1.2K
    SHARES

३० बैशाख, काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच केही वर्षयताकै हिंसात्मक द्वन्द्व रोकिने छाँटकाँट देखिएको छैन । बुधबार पनि इजरायलले हवाई हमला जारी राख्यो भने हमासले पनि रकेट आक्रमणलाई निरन्तरता दिएको छ । संयुक्त राष्ट्रसंघले पछिल्लो द्वन्द्व ‘युद्ध’ मा नै परिणत हुन सक्ने चेतावनी दिएको छ । ‘गोलाबारी तुरुन्त बन्द गरौँ । हामी युद्धतर्फ बढ्दैछौँ,’ मध्यपूर्वको शान्ति प्रक्रियाका संयुक्त राष्ट्रका विशेष संयोजक टोर वेन्सलेन्डले ट्वीट गर्दै आग्रह गरेका छन् ।

गाजा क्षेत्रमा इजरायलले गरेको हवाई हमलामा परेर १७ जना बालबालिकासहित ६७ जनाले ज्यान गुमाइसकेका छन् भने ३ सय ८८ जना घाइते भएका छन् । इजरायलले यसमध्ये १५ जना हमासका विद्रोहीहरु रहेको दाबी गरेको छ । सोमबार यता गाजामा रहेका विद्रोहीहरुले १ हजारभन्दा बढी रकेट प्रहार गरेका छन् । यसबाट २ सयभन्दा इजरायली सर्वसाधारण घाइते भएका छन् । गत रातिमात्र तेल अभिभमा १३० वटा रकेट प्रहार भए जसले इजरायलको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल नै बन्द गर्नुपरेको थियो । विद्रोहीहरुले प्रहार गरेका अधिकांश रकेटलाई इजरायलको हवाई प्रतिरक्षा प्रणाली आइरन डोमले रोक्न सफल भएको थियो । तर, केही रकेट भने तेल अभिभमा खसेको थियो । एउटा बसमा रकेट लागेर आगलागी हुँदा एक इजरायली महिलाले ज्यान गुमाएकी छिन् ।

बुधबार प्यालेस्टेनी विद्रोहीहरुले गाजाबाट एन्टीट्यांक मिसाइल प्रहार गर्दा एक इजरायली सैनिक पनि मारिएको इजराजयलको डिफेन्स फोर्स (आईडीएफ) ले जनाएको छ । घटनामा दुईजना घाइते भएका थिए ।

गाजामा इजरायलको हवाई हमला कयौँ भवनहरुका क्षति पुगेको छ । प्यालेस्टाइनका स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल–किद्राका अनुसार हवाई हमलाका पीडितमध्ये ४३ प्रतिशत महिला र बालबालिका रहेका छन् । उनले इजरायले सचेतरुपमा सर्वसाधारणको घर र आवासीय क्षेत्रलाई निशाना बनाएको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)