बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इजरायल र प्यालेस्टाइन द्वन्द्व: स्थायी समाधानको खोजी सुरु


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ९, २०७८
  • 498
    SHARES

९ जेठ, काठमाडौं । इजरायल र प्यालेस्टाइनबिच ११ दिनसम्म चलेको हिंसात्मक द्वन्द्वमा अस्थायी विराम लागेसँगै मध्यस्थकर्ताहरुले स्थायी समाधानको खोजी सुरु गरेका छन्।

गएको शुक्रबारदेखि युद्धविराम लागु भएसँगै प्रभावित सर्वसाधारण घर फर्किन तथा आफ्ना भत्किएका संरचना स्याहारमा जुटेका छन्। मानवीय सहायता सामग्री गाजा पुग्ने क्रम सुरु भइसकेको छ।

मध्यस्थकर्ताहरु स्थायी शान्तिको खोजी र आउँदा दिनमा हिंसा नभड्कियोस् भन्नका लागि प्रयासमा छन्। वार्ताका लागि मध्यस्थता गरिरहेको इजिप्टको टोली शनिबार इजरायल पुगेको छ। यस्तै अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले आउँदो हप्ता सो क्षेत्रको भ्रमण गर्ने सम्भावना रहेको छ।

मे १० देखि सुरु भएर ११ दिनपछि रोकिएको युद्धमा आफ्नो जित भएको दाबी इजरायल र गाजामा नियन्त्रण कायम गरेको हमास बिद्रोही समूहले गरेका छन्। ११ दिने हिंसाको क्रममा २५० जना भन्दा धेरैको मृत्यु भयो, त्यसमा अधिकांश गाजाका छन्।

इजरायल र प्यालेस्टाइनबिचको युद्ध अन्त्यको प्रयासमा इजिप्ट, कतार, अमेरिका र संयुक्त राष्ट्रसंघ लागि परेका छन्। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले शनिबार वक्तव्य जारी गरेर मध्यस्थकर्ताको प्रशंसा गर्दै युद्धविरामको पूर्ण पालना गर्न अपील गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)