शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशको अधिवेशन जेठ १६ बोलाउन सिफारिस


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ११, २०७८
  • 503
    SHARES

११ जेठ, कास्की । गण्डकी प्रदेश सभाको अधिवेशन यही जेठ १६ गते बोलाउनका लागि सरकारले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले १६ गते दिउँसो १ बजे सभागृह हलमा अधिवेशन बोलाउनका लागि सिफारिस गरेको हो ।

प्रदेश सभाको अधिवेशन यही जेठ १६ गते सभागृह हलमा डाक्नका लागि प्रदेश प्रमुख समक्ष सिफरिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकको बैठकमा भएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो ।

आगामी असार १ गते भित्र प्रदेश सरकारले बजेट ल्याउनु पर्ने र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यही जेठ २८ गते भित्र विश्वासको मत लिनुपर्ने भएकाले अधिवेशन डाकिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)